कांग्रेसमा महिला विद्रोह, वडादेखि केन्द्रसम्म सभापति र उपसभापति एक महिला माग
प्रकाशित मिति
२०७७ चैत्र २ गते, सोमबार ०१:००
काठमाडौ: नेपाली कांग्रेसको केन्द्रीय महिला विभागमा पार्टीका सबै तहको प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गर्न माग गरेको छ। दुई दिनसम्म सचालित बागमती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रमबाट घोषणापत्र जारी गर्दै महिला विभागले दुई मध्ये एक पद महिलाका छुट्याउन माग गरेको हो।
सचिव लक्ष्मी खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहानुभूतिको ठाँउमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाँउमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भेलाबाट निर्णय गर्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उप–सभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ।’
स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एक हुनुपर्ने कानुनी व्यवस्था छ। त्यसलाई पार्टीमा समेत कार्यान्वन गर्न विभागले आग्रह गरेको हो।
त्यस्तै विभागले हरेक तहमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्न पनि आग्रह गरेको छ।
विभागले प्रजनन र प्रसुती स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भने पनि पूर्ण रुपले हालसम्म कार्यान्वयन हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै वर्थिङ सेन्टरहरुलाई व्यवस्थित गरी मातृ शिशु मृत्यदर कम गर्न माग गरेको छ।







प्रतिकृया