• 5:18 pm

पशुपतिनाथमा दर्शनार्थीको भिड, कोरोनाले घटेन भगवान प्रतिको आस्था

प्रकाशित मिति

March 11, 2021

काठमाण्डौ: महाशिवरात्रिको अवसरमा काठमाण्डौंको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको बिहीबार बिहानैदेखि घुईँचो लागेको छ । प्रशिद्ध धार्मिकस्थल रुपमा लिइने  पशुपतिनाथ  मन्दिरमा दर्शनका लागि देशका विभिन्न भागबाट दर्शनार्थी पुगेका हुन् भने भारतिय भुमी बाट पनि हजारौंको मात्रामा दर्शनार्थी आएका  छन् ।

शिवरात्रिका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका साधुहरुले धुनी बालेका छन् ।कोरोना भाइरसको महामारीका कारण विगतका वर्षमा भन्दा यो पटक तुलनात्मक रुपले कम भएपनि  दर्शनार्थी कम भने छैनन् ।

तर दर्शनका लागि पुगेकाहरुलाई लामवद्ध गरेर भित्र प्रवेश गराइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पशुपतिनाथमा दर्शनार्थीको भिड अत्याधिक बढीरहेको  छ। कोरोनाले कारण कम  भिडभाड हुने अनुमान विपरित भगवान प्रतिको आस्थालाई कोरोनाले खासै असर गरेको पाईदैन।  पशुपति क्षेत्र बाट मातृभुमी कर्मीले लिएका फोटो स्टोरी।

 

 

 

 

प्रतिकृया