• ११ असोज २०८३, आइतबार
  • ७ः३६ बिहान

कांग्रेस नेता जोशीको स्वास्थ अवस्था बुझ्न नर्भिक अस्पताल पुगे देउवा

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०५:००

काठमाडौँ: मष्तिष्कघात भइ उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन्। फागुन १४ गते मष्तिष्कघात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार जोशी अझैपनि कोमामै छन्।

National Life

जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन्।

देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको विषयमा जानकारी लिएका थिए। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहेको र भेन्टिलेटरको सपोर्टमा रहेको जानकारी गराएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया