• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

लाइफ इन्स्योरेन्सको १८औ साधारणससभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत बोनस दिने

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०४:४५

काठमाडौँ: लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसी नेपाल लिमिटेडको १८औं वार्षिक साधारणसभा मंगलबार एलआईसी नेपालको शिक्षालयहल, नक्साल, काठमाण्डौमा सम्पन्न भएको छ। साधारण सभाले आ.ब २०७५-०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको छ जस अन्तर्गत १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

आ.ब २०७५.०७६मा कम्पनीले १,८९,३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमा शुल्क आम्दानी बापत रु। ४२२।८३ करोड संकलन गर्न सफल भएको थियो।२०७६ आषाढ मसान्त सम्ममा यस कम्पनीमा सक्रिय बीमा लेखहरुको संख्या ७,३५,७४५ र कूल जीवनबीमा कोषमा रु ५३८७.७३ करोड संकलन भएको छ। आ.ब. २०७५-०७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमा शूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमा लेख संख्यामा ४२.९00, लगानीतर्फ २३.६५∞ र लगानीबाट प्राप्त आम्दानीमा २१.९२∞ को वृद्धिदर रहेको थियो।

Kamana Sewa

१८औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ। कम्पनीका अध्यक्ष श्रीएम।आर। कुमारले सवै शेयर धनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गरेका छन्। उनले एलआईसी नेपालको १९औं ९आ.ब २०७६-७७ वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने वताउँदै आ।ब। २०७६-०७७ मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको जानकारी दिए।

Classic Tech Desktop

चालु आ.ब. २०७७÷७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमा शुल्क आर्जनमा २०.२४प्रतिशत को बृद्धिदरका साथ कूल वीमा शुल्कअ आर्जन रु ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कूलजीवनबीमा कोषमा रु ७,४२४.४९ जम्मा गर्न सफल भएको समेत जानकारी गराए। सभामा सञ्‍चालक समितिका अन्य संचालकहरु मुकेशकुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि।के। कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित थिए।

प्रतिकृया