• २६ भदौ २०८३, शुक्रबार
  • ८ः५० राती

सकिनै लाग्यो धरहरा निर्माणको काम, गजुर राख्ने गुम्बजको ढलान आज

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०८:०८

काठमाडौं: काठमाडौंको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम आज सकिने  निर्माण कम्पनीले जनाएको छ।

National Life

धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीको भनाइ छ । कन्सट्रक्सनका व्यवस्थापक श्रेष्ठले बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको बताए ।

अबको केही महिना भित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन् । धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट, वाइरिङसहित फिनिसिङ भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया