• २९ भदौ २०८३, सोमबार
  • ४ः११ बेलुका

नेपालगञ्‍जको पार्टी कार्यालयमा राखियो एमालेको बोर्ड

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०६:३९

नेपालगञ्ज : अदालतले एमाले र माओवादीलाई अगल गरिदिएपछि पार्टी कार्यालयका बोर्डहरु परिवर्तन हुन थालेको छ। सावितको एमालेको नेपालगञ्जस्थित पार्टी कार्यालयमा राखिएको नेकपाको बोर्ड हटाइएको छ। एमाले कार्यकर्ताहरुले नेकपा एमाले लेखेको बोर्ड राखेका छन्।

National Life

अदालतले एमाले र माओवादीलाई अलग गरेपछि आइतबार नै साँझ पार्टी कार्यालयमा आएर दीप प्रज्वलन गरेका कार्यकर्ताले सोमबार साइड बोर्ड परिवर्तन गरेका छन् । नेताहरु देवराज भार, सूर्य ढकाल, किस्मत कक्षपति, प्रमोद धिताल, दत्तप्रसाद आचार्य, अशोक कर्माचार्यलगायतको टोलीले पार्टी कार्यालयमा पुगेर साइड बोर्ड परिवर्तन गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया