• ३० भदौ २०८३, मंगलबार
  • ११ः४८ राती

प्रचण्डको नामलिदै विप्लवको प्रश्न ? २० हजार जनमुक्ति सेनाको १९ अर्ब कस्ले खायो 

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०५:५२

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शिविरमा रहेका लडाकुका लागि विनियोजित १९ अर्ब खोई भनी प्रश्न गरेका छन् । उनले आज कपिलवस्तुमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय महिला संघ क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै उक्त रकमबारे प्रश्न गरेका हुन् ।

National Life

जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कस्ले खायो विप्लवले प्रचण्डतर्फ इंकित गर्दै भने,‘बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ । आफूहरु माओवादीमा रहँदा पनि यसबारे आवाज उठाएको स्मरण गराए । उनले भने,‘हामीले त्यसका विरुद्ध लड्यौं र उठ्यौं । प्रचण्ड र ओलीको नामै तोकेर एक अर्कामाथि भ्रष्टाचारको आरोप लगाइरहेको बताए । उनले आफूहरु भ्रष्टाचार र बेथितीविरुद्ध लडेको बताए ।

विप्लवले सेना र प्रहरीविरुद्ध नलडेको बताए । उनले भने,‘हामीले सेना र प्रहरीलाई भन्यौं तपाईहरुका विरुद्ध लडाई होइन देशलाई लुट्नेका विरुद्ध लडाईं हो ।’ आफूहरुले सेना र प्रहरीलाई नछोएको विप्लवको भनाई थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया