• ९ असोज २०८३, शुक्रबार
  • ४ः१४ बेलुका

राष्ट्रिय सभागृहबाट सार्वजनिक हुँदै विप्लव,नवलपरासीबाट काठमाडौं आउँदै

प्रकाशित मिति

२०७७ फाल्गुन २१ गते, शुक्रबार ०९:०९

काठमाडौं: भूमितग अवास्थामा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभागृहमा हुने कार्यक्रमबाट सर्वाजनिक हुँदै छन्। बुधबार र बिहीबार सरकारसँग भएको वार्तामा निष्कर्षमा पुगेपछि विप्लव आज सर्वाजनिक हुने भएका हुन्।

National Life

नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदै छन् । उनी नवलपरासीबाट काठमाडौं आउँदै छन् ।विप्लव नवलपरासीमा शहीद परिवारलाई भेटेर काठमाडौं आउँदै छन् ।गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीले तीन बुँदे सहमति गरेको थियो ।

सो सहमतिलाई बिहीबारै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।सोही सहमति सर्वाजनिक गर्न शुक्राबार दिउँसो दुई बजे राष्ट्रिय सहभागृहमा विशेष कार्यक्रम आयोजना गदिँदैछ । त्यही कार्यक्रममार्फत विप्लव सार्वजनिक हुने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सो कर्याक्रममलाई प्रधानमन्त्री केपी ओली र विप्लव दुवैले सम्बोधन गर्ने छन् भने तीन बुँदै सहमति पत्रमा हस्ताक्षर पनि गर्ने छन्।विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिरिष बैठकले हटाउने निर्णय गरेको थियो।

 

प्रतिकृया