• २८ भदौ २०८३, आइतबार
  • २ः५३ दिउँसो

“एक प्रहरी चौकी एक सवारी साधन” नीति अनुरुप मोटरसाइकल वितरण

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ०१:०७

काठमाडौं ।
“एक प्रहरी चौकी एक सवारी साधन” नीति अनुरुप प्रहरी प्रधान कार्यालयले देशमा थप शान्ति सुरक्षा कायम गर्ने उद्धेश्यका साथ विभिन्न प्रहरी युनिटहरुमा ३ सय ३० थान मोटरसाइकल वितरण गरेको छ । नागरिकको चाहना अनुसार अपराधमुक्त समाज निर्माण गर्नका लागि प्रहरीलाई साधनस्रोत युक्त बनाउन उक्त मोटरसाइकल वितरण गरिएको हो ।

National Life

समाजमा शान्ति सुरक्षा कायम गरी कुनैपनि घटना घटे पश्चात् तत्काल प्रहरी उपस्थितिलाई थप सहज बनाई घटनास्थलको सुरक्षा गरी प्रमाण संकलन गर्न, निष्पक्ष अनुसन्धान गरी कानुन कार्यान्वयन गर्न, प्रभावकारी रुपमा गस्ती गरी प्रहरी कार्यलाई चुस्त दुरुस्त बनाउन यस नीतिले सहयोग र्पुयाउने विश्वास लिइएको छ । नेपाल सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन कार्ययोजना अन्तर्गत उल्लेख भए अनुसार “एक प्रहरी चौकी एक सवारी साधन” वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालयबाट खरिद भएको उक्त मोटरसाइकलहरु वितरण गरिएको हो ।

हाल सम्म सरकारी सवारी साधन उपलब्ध नभएको जिल्ला डोल्पाको जिल्ला प्रहरी कार्यालय र सो मातहत ईलाका प्रहरी कार्यालय खदाङ्ग, प्रहरी चौकी त्रिपुराकोट र प्रहरी चौकी कालागौडामा समेत गरी ४ थान मोटरसाइकल उपलब्ध गराइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया