• २१ असोज २०८३, बुधबार
  • ७ः२८ बिहान

अस्ट्रेलियामा फेसबुकले लगायो समाचार हेर्न र सेयर गर्न नपाउने गरि प्रतिबन्ध

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०१:५८

काठमाडौं: फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ। सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो। फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना वा जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने जोखिम बढेको छ।

National Life

बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका हुन्। यस्तै महत्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन्।

प्रतिबन्धले प्रविधि तथा सामाजिक सञ्जाल जाइन्टको विश्वसनीयतामाथि चुनौति पैदा भएको अस्ट्रेलिया सरकारले बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो।

गुगल तथा फेसबुकसहितले प्रस्तावित कानून इन्टरनेटको आधारभूत कार्यशैलीसँग मेल नखाने भन्दै आलोचना गरेका छन्। समाचारजन्य सामग्रीका लागि आफूहरुलाई पैसा तिर्न बाध्य पार्नु उपयुक्त नरहेको उनीहरुको भनाई छ।

अस्ट्रेलिया बाहिर रहेकाहरुले पनि फेसबुकमा त्यहाँको समाचार पढ्न पाउने छैनन्। प्रस्तावित कानून बुधबार अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो। त्यसलाई कानून बनाउनका लागि प्रक्रिया थप अघि बढाउने अस्ट्रेलियाले बताएको छ।

सञ्चार मन्त्री पल फ्लेट्चरले एबिसीसँग भनेका छन्, ‘फेसबुकले यस्तो गर्दा आफ्नो प्रतिष्ठा र मान्यतामा पर्ने असरबारे गम्भीर भएर सोच्नु पर्ने हुन्छ।’

 

प्रतिकृया