डा. ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी शिविर सञ्चालन भक्तपुरको सल्लाघारीमा
प्रकाशित मिति
२०७७ फाल्गुन ५ गते, बुधबार ०४:१९
काठमाडौं: भक्तपुरको सल्लाघारी स्थित डा. ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी शिविर सञ्चालन भईरहको छ। शिविरमा काठमाण्डौं उपत्यकामा मात्र नभई देशका विभिन्न भागका विरामीहरुको आकर्षण बढेको देखिन्छ। चौतारा, मकवानपुर, गोरखा, चितवन, सर्लाही, डोटी लगायत देशका विभिन्न भागवाट फोन गरी नाम टिपाई उपचारका लागि आउने गर्दछन्।
यस अस्पतालमा आएर सफल उपचार पश्चात खुसी भएर फर्कनु भएका सर्लाहीका एकजना विरामीले आफनो उपचारमा संलग्न सम्पुर्ण चिकित्सक टोली तथा अस्पताल व्यवथापनलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
उनी विगत २ वर्षदेखि आफनो पित्तथैलीमा पत्थरी भई विभिन्न समस्याहरु झेलि रहेका थिए। यो शिविर सञ्चालन भएकोे दुई महिनामा अनुभवी डाक्टरद्वारा ८० भन्दा बढी सफल शल्यक्रियाहरु सम्पन्न भई सकेको छ। ३ सय ५० जना भन्दा धेरैले निःशुल्क परामर्श सेवा र १ हजार भन्दा बढी जनाले फोन मार्फत यो शिविर बारे जानकारी लिइसकेका छन्।
भनी सोही अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी गराएका थिए। साथै सेवाग्राहीको अनुरोधमा पुनः यो शिविर फागुन २९ सम्मका लागि सञ्चालन हुने बताए।








प्रतिकृया