• २१ असोज २०८३, बुधबार
  • १ः३८ राती

भागरथीका हत्याराको बयानः  घाँटी थिचेर मारें

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०२:१८

काठमाडौं: प्रहरीले भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको हत्या आरोपमा उनकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनी सुरुवाती दिनदेखी नै प्रहरीको शंकाको घेरामा थिए।

National Life

कक्षा ११ मा पढ्ने दिनेशले भागरथीलाई बाटो ढुकेर हत्या गरेको स्वीकार गरेको सुदुरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले जानकारी दिएका छन्।

उनीहरु एउटै विद्यालयमा अध्ययनरत रहेको र उक्त दिन पनि दिनेश हत्या गर्नकै लागि स्कूलबाट चाँडै निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ। दिनेश भागरथीका हत्यारा पत्ता लगाउन विद्यार्थीहरुको आन्दोलनमा सहभागीसमेत हुँदै आएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

दिदी भाईको नाता रहेका भागिरथी र दिनेश सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ र ११ मा अध्ययनरत थिए। बयानमा उनले स्कुलबाट फर्किरहेकी भागरथीलाई भीरमा धकेलेको र पछि घाँटी थिचेर मारेको उल्लेख गरेका छन्।

उनले भागरथीको परिवारसँग पुरानो रिसिवी साँध्न हत्या गरेको बताएका छन्। प्रहरीले यसबारे दिउँसो ३ बजे यसबारे विस्तृत विवरण सार्वजनिक गर्दैछ।

 

प्रतिकृया