• १७ असोज २०८३, शनिबार
  • १ः१२ राती

नेपाल टेलिकमले सञ्चालनमा ल्‍यायो ‘एनटी च्याटबोट’

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार ०३:४९

काठमाडौं: नेपाल टेलिकमले आफ्ना विभिन्‍न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरेको छ।

National Life

कम्पनीको वेबसाइट एनटीसी। डटनेट डटएपी खोल्नासाथ सुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्ने र त्यहाँ (निड हेल्प रु वेलकम टु एनटी च्याटबोट) भनेर लेखिएको हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

उनका अनुसार कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली-अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने उनको भनाइ छ।

त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत-गुनासो समेत गर्न सकिन्छ। सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग-पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने छ।

प्रतिकृया