• १४ असोज २०८३, बुधबार
  • ८ः१४ राती

चुनाव कुनै हालतमा हुँदैन, सबै प्रष्ट भए हुन्छ: प्रचण्ड

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार ०४:३१

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन्।

National Life

भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरे। चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइनु उनले भने।

लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरू आन्दोलनमा रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले सम्बोधन गर्ने जनाइएको छ।

पूर्व-प्रधानमन्त्री दाहाल आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आएका परिवारजनले जनाएको छ। उनीे आजै काठमाडौं फर्किने कार्यक्रम छ। रासस

प्रतिकृया