• १३ असोज २०८३, मंगलबार
  • ८ः४४ बिहान

धेरै पटक सोचेरै संसद विघटन गरेको हुँ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार १२:०८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देश अस्थिरतातर्फ जानबाट जोगाउन प्रतिनिधि सभा विघटन गरेको स्पष्ट पारेका छन् । भूकम्पपछि पुनःनिर्मित प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितका लागि यस्तो कदम चालेको बताएका हुन् ।

National Life

राष्ट्रिय राजनीति अस्थिरता जाने खतरा बढ्दै गएकाले प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न नदिन आफूले यस्तो कदम चालेको बताए ।

‘हामीले प्राप्त गरेको उपलब्धीलाई खेर जान नदिन अनेक प्रकारका खेलहरु सुरु हुन थालेपछि मलाई बाध्यता परेको हो,’ ओलीले भने,‘स्वस्थ्य ढंगले सरकार चलाऔं भनेको हुँ । मैंले धेरैपटक सोचें, धेरै पटक प्रयास पनि गरें तर सकिन, बैकल्पिक सरकारको संभावना पनि सोचें त्यो पनि देखिन् त्यसपछि बाध्य भएँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले संसदमा पनि पटक पटक अवरोध भएको, विधेयकहरुमाथि छलफल गर्न नदिएको साथै सरकार चलाउन आफ्नै दलका नेताहरुले पटक पटक हस्तक्षेप गरेको आरोप लगाए । ६४ प्रतिशत सांसदको निर्विरोध प्रधानमन्त्री भएकाले संसद विघटनबाहेक अर्को विकल्प आफूसँग नभएको पनि बताए ।

 

प्रतिकृया