• १२ असोज २०८३, सोमबार
  • १२ः३७ राती

सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा नियुक्त

प्रकाशित मिति

२०७७ माघ २६ गते, सोमबार ०५:०३

काठमाडौं: सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन्। बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो।

National Life

यसअघि राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर (डीजीएम) पदमा कार्यरत थिइन्। झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा रहेकी राणा गत २०७६ असोजमा सनराइज बैंकमा डीजीएमको पदमा आवद्ध भएकी थिइन्।

औपचारिक रुपमै २००३ सालमा पहिलो पटक एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा बैंकिङ्ग क्यारियर शुरू गरेकी राणाले बैंक तथा वित्तिय क्षेत्रमा धेरै अनुभव बटुलिसकेकी छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

राणाले यसअघि मार्केटिङ, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि बैंकिङ्ग वित्तिय क्षेत्रको विविध क्षेत्रको जिम्मेवारी सम्हालिसकेकी छिन्।

 

प्रतिकृया