• १९ असोज २०८३, सोमबार
  • १ः२६ दिउँसो

दाहाल भन्छन् यो आन्दोलन ओली र दाहालबीचको होइन्, गणतन्त्र र गणतन्त्रविरोधीको हो

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०५:३९

काठमाडौं: नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन्। बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा ललितपुरको सातदोबाटो पुगेका दाहालले सरकारले संविधान मिच्‍ने काम गरेको र लोकतन्त्रमाथि प्रहार भएको भन्दै शसक्त आन्दोलन गर्ने र ओलीलाई प्रधानमन्त्रीबाट जनताले हटाउने बताएका हुन्।

National Life

असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको र जनताको अधिकार खोस्‍न खोजिएकाले आफुहरु आन्दोलनमा आउनु परेको भन्दै उनले आन्दोलन ओली र दाहालबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ भएको जनाए।

दाहालले संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नु परेको उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले २३ गते ओली समूहले काठमाडौंमा गर्न लागेको सभालाई पञ्चर्‍याली भएको तर्क गरे। संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगहरुमा नियुक्त गरेर ओलीले जंगल राजजस्तो गर्न खोजेको उनले जनाए।

प्रतिकृया