• २१ असोज २०८३, बुधबार
  • ६ः१७ बिहान

पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०५:०७

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ।

हाल देशभर २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ५ सय ९७ पीसीआर परीक्षण भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको छ।

 

प्रतिकृया