• २१ असोज २०८३, बुधबार
  • १२ः०५ दिउँसो

गीतकार लिम्बुको ‘सिटिजन यूके’ सार्वजनिक

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:२५

जेठ, ललितपुर । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक गरिएको छ ।
ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन यूके’लाई सार्वजनिक गरिएको हो ।

National Life

रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद केदेम लिम्बु, रेडियो बिएफएसका स्टेशन म्यानेजर बिनोदध्वज खड्कालगायतले एल्बम विमोचन गरेका हुन् । अग्निप्रसादको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दिपक लिम्बुको स्वर र महेश खड्काको सङ्गीत रहेको छ ।

एल्बममा सिटिजन यूके, कोखबाट जन्म पाउँदा, बोली बचन सुनजस्तो, यात्रा लामो घुम्तीको, तिमीले नै जिन्दगीको जस्ता पाँच गीत समावेश गरिएको छ । किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया