• २१ असोज २०८३, बुधबार
  • २ः२८ दिउँसो

वैदेशिक रोजगारीका लागि जाने नेपाली समस्यामा

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:१०

 

National Life

जेठ, काठमाडौं । भारतको नयाँदिल्ली अन्तर्रा्ष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाई वैदेशिक रोजगारीका लागि कुवेत जान चाहने नेपाली समस्यामा परेका छन् । भारतीय विमानस्थल हुँदै तेश्रो देश जानेलाई नेपाली दूतावासको नो अब्जेक्सन लेटर अनिवार्य गरिएपछि दिल्ली हुँदै वैदेशिक रोजगारीमा कुवेत जाने नेपाली युवायुवतीलाई समस्या परेको हो।

दूतावासको नो अब्जेक्सन लेटर नभएका तर नेपाली म्यानपावरबाट वैदेशिक रोजगार विभाग अन्तरगतको ताहचलस्थित श्रम तथा रोजगार कार्यालयबाट बैधानिक रुपले अन्तिम स्वीकृति लिएका करिब तीन दर्जन नेपाली कामदारको मंगलबारको फ्लाईट रोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नयँदिल्ली स्थित नेपाली दूतावासले नो अबजेक्शन लेटरका लागी सूचना जारी गरे पनि एकातिर सबैको जानकारीमा आइसकेको छैन भने अर्को तिर नो अब्जेक्शन लेटर बनाउनका लागी दिल्ली बसाइ लम्बिने र खर्च बढ्ने भएको छ । नेपाली दूतावासले नो अब्जेक्सन लेटर दिन ढिलो गरि दिँदा तोकिएको उडान छुट्ने गरेको छ । नेपाली दूतावासले कामदारको प्राविधिक समस्याप्रति भन्दा कानुनी व्यवस्थामा कडिकडाउ गरेपछि दिल्ली टान्जिट गराउनेहरू होसियार रहनु पर्ने भएको छ ।

प्रतिकृया