हत्यापछि सुटुक्क आर्यघाटः आशंकामा प्रहरीले रोक्यो शव जलाउन
प्रकाशित मिति
२०७७ माघ १२ गते, सोमबार ०३:३५
काठमाडौंः हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो ।
बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
अनुसन्धानका लागि प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवि र चल्ली भनेर चिनिने अनु थापालाई पक्राउ गरेको छ ।
शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ ।
मिस्त्री पेशामा संलग्न रवि र अनुले केहीपर लगेर खाल्डोमा पुर्ने प्रयास गरेको हुनसक्ने देखिएको छ । तर, पुर्न अफ्ठ्यारो भएपछि आगो लगाएको प्रहरी आशंका छ ।
प्रहरीले शव बरामद गर्दा शवको अधिकांश भाग जलिसकेको थियो । उनीहरु मन्दिरकै आश्रममा बस्दै आएका थिए ।







प्रतिकृया