नेपालपत्रकारमहांसघको २२ औं साधारण सभा , दुई जनापत्रकार सम्मानित
प्रकाशित मिति
२०७७ माघ १० गते, शनिबार ०४:२१
भक्तपुर – नेपालपत्रकारमहांसघ जिल्लाशाखाभक्तपुरको २२ औं साधारण सभाको अवसरमाभक्तपुरका दुई जनाअग्रजपत्रकारलाई सम्मानितगरिएको छ ।
आजभएको साधारण सभामाभक्तपुरका पत्रकारद्वय बरिष्ठ पत्रकार कविर राणा र राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो ।
देशान्तर मिडिया प्रा. लि.का निर्देशकएंववरिष्ठ पत्रकार राणालाई भगवानमहर्जन स्मृतिपत्रकारिता पुरस्कारबाट नगद १० हजार रुपैयाँसहित सम्मानगरिएको हो भने राससका पत्रकार श्रेष्ठलाई मैंयादेवी स्मृतिपत्रकारिकता पुरस्कारबाट नगद २ हजार ३ सय रुपैयाँसहित सम्मानगरिएको हो ।
पत्रकारद्वयलाई महासंघको तर्फबाट वरिष्ठ पत्रकार तथा नेपालपत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन ।
कार्यक्रममाबोल्दै पूर्व अध्यक्षविरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र ,प्रेस तथाअभिव्यक्ति स्वतन्त्रा धरापमा परेको बताएका छन् । यसलाई जोगाउनपत्रकारहरुले चनाखो भई लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममाबोल्दै महासंघका उपाध्यक्षदिलिपथापामगरले संविधानको प्रस्तावनामै ग्यारेन्टी गरेको प्रेस तथाअभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने सरकारको कदममान्यनहुने बताए ।
त्यस्तै महासंघका महासचिव रमेश विष्ट महासंघको संस्थागतहिततथापत्रकारको हकहितको लागि सकृय भूमिकानिर्वाह गरिरहेको बताए ।
कार्यक्रममामहासंघका केन्द्रीय सदस्यद्वय लक्ष्मण कार्की र गोविन्दचौलागांई, महासंघका उपत्यकाप्रदेश महासचिवश्रृजन झा, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर शाखाकाअध्यक्षपुष्करराज बुढाथोकी, पूर्व अध्यक्ष नारायण किलम्वु, महासंघ भक्तपुर शाखाको उपाध्यक्षद्वय रोशनसिल्पकार र कविताथापालगायत साधारण सभाको सफलताको शुभकामनाव्यक्त गरेका छन ।
कार्यक्रममा साधारण सभाको बन्दसत्रमाशाखाका सचिव कृष्ण प्रसाद नेपालले प्रस्तुत गरेको प्रगतिप्रतिवेदन र कोषाध्यक्षमोहनबल्लले प्रस्तुत गरेको आर्थिकप्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममामहासंघका उपत्यकाप्रदेश सचिव अमर भूजु, पुर्व अध्यक्ष रमेश खड्का र विकलश्रेष्ठ, रफत सञ्चार क्लवकाअध्यक्ष सुशिलबन्धु थापा, जिल्ला स्थित सक्रियविभिन्नपत्रकार संघ संगठनका प्रमुखतथाप्रतिनिधिहरु,महासंघका केन्द्रीयतथाप्रदेश पार्षद लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको बन्दसत्रले महासंघको संस्थागतविकास र पत्रकारको हकहित र मर्यादितपत्रकारीताकालागिभावीकार्यदिशा तय गरिएको छ ।







प्रतिकृया