• ९ असोज २०८३, शुक्रबार
  • ९ः२२ राती

मोरङको लेटाङमा जीप दुर्घटना : एकको मृत्यु, १६ जना घाइते

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ११:१६

मोरङ: मोरङको लेटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

National Life

कच्चीसडक खण्डमा लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को १ ज ३२६२ नम्बरको जीप अनियन्त्रित भएर लेटाङ– १ अधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका– १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको छ । गम्भीर अवस्थामा विराट नर्सिङहोम विराटनगर पुर्‍याइएका उनको उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

घाइतेहरूको विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिकृया