• २९ भदौ २०८३, सोमबार
  • ७ः४४ बिहान

प्राकृतिक ग्यास ल्याउन अध्ययन

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०७:२६

काठमाडौं, माघ १० । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ ।

National Life

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिए ।

यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेको छ । पहिलो चरणको अध्ययन प्रतिवेदनले मल कारखानामा प्राकृतिक ग्यासको प्रयोगबारे स्पष्ट गर्न नसकेकाले दोस्रो चरणको अध्ययन सुरु गरिएको भट्टराईले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

छ महिनाभित्र प्रतिवेदन तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको अध्ययन निगमले गरिरहेका छ । सबै दृष्टिले उपयुक्त देखिएको अवस्थामा प्रस्तावित यो पाइपलाइन निर्माणमा आयल निगम लगानी गर्न तयार रहेको उनले स्पष्ट पारे ।

यसअघि गत वर्षको पुस २७ र २८ गते भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपाल–भारतबीच अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे अध्ययन गर्न दुई मुलुकबीच सहमति भएको थियो ।

पाइपलाइन बिछ्याउने कार्यलाई अगाडि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ माग गरेको छ । ‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको उनले बताए । माग प्रक्षेपणसँगै प्रस्तावित पाइपलाइन निर्माणको मोडालिटी लागत लगायत बारे अध्ययन गरी पाइपलाइन निर्माण अगाडि बढाइने आजको गोरखापत्र दैनिकमा खवर छ ।

 

प्रतिकृया