• २९ भदौ २०८३, सोमबार
  • १०ः४२ राती

विद्यार्थीबाट ५४ लाखभन्दा बढी ठगी गरेर फरार रहेका राजाराम पक्राउ

प्रकाशित मिति

२०७७ माघ ९ गते, शुक्रबार ०८:१४

धनगढीः कैलालीको धनगढी–८ मा मल्टिस्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका नाममा २०७२ सालमा संस्था खोलेर ठग गर्दै आएका एक युवक पक्राउ परेका छन् ।

National Life

सिटिइभिटीबाट सम्बन्धन प्राप्त जिल्लाको गौरीगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय राजाराम चौधरी गैरकानुनी रुपमा कार्य गर्दै आएको आरोपमा पक्राउ परेका हुन् ।

राजाराम चौधरीले २०७३ मंसिर ९ गते उक्त कलेज अनुमति विना नै गैरकानुनी रूपमा संचालन गरेर ११८ जनालाई झुक्याई ४९ लाख २८ हजार ४९५ रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीमा परेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कैलाली जिल्ला अदालतको मिति २०७४ चैत १४ गतेको फैसलाले चौधरीलाई २ महिना कैद र ३ लाख २८ हजार ४९५ रुपैयाँ जरिवाना तोकेको थियो।

फेरि २०७५ सालमा धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीले सिटिइभिटीबाट सम्बन्धन प्राप्त भन्दै कृषि जेटिए र भेटनरी पढ्ने १७ जना विद्यार्थीहरुलाई भर्ना लियो।

उनीहरुबाट त्यस कलेजले एक लाखका दरले रकम संकलन गरेको थियो। २०७६ को भदौमा फेरि थप ३७ जनाबाट ६५ हजारका दरले रकम लिएर भर्ना गरेको थियो।

तीमध्ये एक विद्यार्थी प्रकाश साउदले भर्ना भएका विद्यार्थीहरु कलेजमा पढ्न गए पनि परिक्षा भने नभएको बताए। सिटिइभिटीका अरु कलेजले परीक्षा सञ्चालन गर्दा पनि त्यस कलेजमा नभएपछि फर्जी कलेज भएको कुरा विद्यार्थीले थाहा पाएको उनले बताए।

यसपछि विद्यार्थीले कलेजमा तालाबन्दी गर्नुका साथै जिल्ला प्रहरी कार्यालयमा सञ्चालक विरुद्ध उजुरी दिएका थिए।
ठगी गरी फरार भएको भन्ने जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालयबाट सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। आरोपी चौधरी भने फरार थिए।

उजुरी परेको एक वर्षपछि तिनै फरार व्यक्तिका नाममा अर्को उजुरी पर्यो। भारतको शैक्षिक प्रमाणपत्रलाई त्रिभुवन विश्वश्विद्यालयको मान्यता प्राप्त बनाइदिने भनेर ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उनका नाममा उजुरी आएको थियो।

धनगढी उप–महानगपालिका–१ बस्ने अनिता चौधरीले भारत बैंगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाण पत्रलाई त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट मान्यता दिलाउने भन्दै ठगी गरेको आरोपमा उजुरी परेको प्रहरीले जनाएको छ।

शुक्रबार जिल्लाको लम्कीचुहा नगरपालिका–९ धनचैया भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले उनीमाथि थप अनुसन्धान भइरहेको बताए।

 

प्रतिकृया