दस बर्ष अगाडी प्रेमिकालाई पाचथरको एक होटलमा गोली हानी हत्या गरि फरार रहेको युवा हिजो राती काठमाडौंको मुलपानी बाट पक्राउ
प्रकाशित मिति
२०७७ माघ ९ गते, शुक्रबार १२:४८
काठमाण्डौँ: पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँसँगको टोलीले काठमाडौंको मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।
हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताए ।
०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए ।






प्रतिकृया