• २७ भदौ २०८३, शनिबार
  • १ः५३ राती

राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैकिङ्गबाट भुक्तानी गर्न सकिने

प्रकाशित मिति

२०७७ माघ ९ गते, शुक्रबार ०७:३८

काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सकिने भएको छ ।

National Life

मोबाइल बैंकिङ्गमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पे बीच सम्झौता भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका उप–कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका प्रोडक्ट डेभलपमेन्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका प्रबन्ध संचालक कुसुम लामा र नेपाल पेका प्रमुख संचालन अधिकृत मालिका भट्टराई बीच हस्ताक्षर भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङ्गबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ ।

प्रतिकृया