• २७ भदौ २०८३, शनिबार
  • २ः१८ राती

सिटिजन्स बैंद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात

प्रकाशित मिति

२०७७ माघ ९ गते, शुक्रबार ०७:४४

काठमाडौं: सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।

National Life

यस प्रविधीमा मेसिनभित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवम सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ । राष्ट्र बैंकको नियमानुसार हाललाई यस प्रविधिबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टी.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया