• २७ भदौ २०८३, शनिबार
  • ११ः०२ राती

निर्मला पन्तको हत्याको टुंगो लगाउने एसपी चतुर्वेदीको प्रण

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०९:०९

धनगढीः भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको टुंगो लगाउने कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जनाएका छन् ।

National Life

प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकारसंगको कुराकानीका क्रममा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला पन्त प्रकरणको टुंगो लगाउने योजना रहेको बताएका हुन् ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्नु अफ्नो मूख्य उद्देश्य रहेको भन्दै उनले निर्मला प्रकरण बारे अहिलेसम्म ठोस प्रमाण नभएकाले यसको टुंगो लाग्न नसकेको र यसबारे आफ्नै कार्यकालमा पत्ता लगाएर जाने योजना रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

केहि कुरामा आफुहरुलाइ शंका लागेको र त्यसबारे सुक्ष्मरुपमा अनुसन्धान गर्ने पनि प्रहरी निरीक्षक चतुर्वेदीको भनाइ छ । यस बारे धेरै खुलाउन नहुने र निर्मला प्रकरणको अनुसन्धान आफुले इमान्दारीपूर्वक गर्ने पनि उनको भनाई छ ।

अहिले सीआइबीका उही व्यक्ति जिल्ला प्रहरी प्रमुख भएर आएपछि उनले निर्मला प्रकरण बारे केहि नयाँ तथ्य ल्याउने आशा स्थानीवासीमा बढेको छ ।

प्रतिकृया