• १० असोज २०८३, शनिबार
  • २ः३९ दिउँसो

देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण

प्रकाशित मिति

२०७७ माघ ७ गते, बुधबार ०६:४५

काठमाडौं, माघ ७ । गोरखा भूकम्पपछि देशका विभिन्न २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ । २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका उक्त स्थानमा भूकम्प मापन स्टेशन निर्माण गरिएको हो ।

National Life

सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको रायम्स कम्पनीको सहयोगमा दुई स्थानमा भूकम्प मापन स्टेशन निर्माण गरेको हो । चीन सरकारको सहयोगमा संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा भूकम्प मापन स्टेशन निर्माण गरिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन तथा भूकम्पीय जोखिम मूल्यांकन शाखाका प्रमुख भरतप्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण गरिएको छ । गोरखा भूकम्पअघि नेपालका २२ स्टेशनले मात्र भूकम्प मापन गर्दै आएकामा अहिले २० स्टेशन थपिएसँगै ४२ स्टेशन पुगेका छन् । आर्थिक अभियान दैनिकमा खवर छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया