• ८ असोज २०८३, बिहीबार
  • ८ः४१ राती

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०६:३३

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

National Life

सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको हो ।

निगमका अनुसार अव पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा रहेको बताइएको छ ।

प्रतिकृया