• १० असोज २०८३, शनिबार
  • ८ः५९ बिहान

सोलुखुम्बुमा मालवाहक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार १०:३३

सोलु, सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा मालबहाक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

National Life

एक जना घाइते भएका छन्।

आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको मालबहाक गाडी दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।

दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त गाडी भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन।रासस

प्रतिकृया