• १० असोज २०८३, शनिबार
  • ८ः२२ बिहान

कोरोना महामारीबीच २०२० मा २.३ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार १०:४१

एजेन्सी: चिनियाँ अर्थतन्त्र सन् २०२० मा २.३ प्रतिशतले बढेको छ।

National Life

सोमबार चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जारी गरेको रिपोर्टमा कोरोनाभाइरसको महामारीबीच चिनियाँ अर्थतन्त्रले सकरात्मक वृद्धि गरेको देखिएको हो।

चिनियाँ इतिहासमा यो वृद्धिदर ४५ वर्षकै कम भए पनि सन् २०२० मा अर्थतन्त्रमा सकारात्मक वृद्धि हुने चीन एकमात्र जी-२० राष्ट्र हुने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोनाभाइरसको उद्गमथलो चीनमा गत वर्ष २.१ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो।

गत वर्षको चौथो त्रैमासमा चीनको जिडिपी ६.५ प्रतिशतले बढेको थियो। तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र ४.९ प्रतिशतले बढेको थियो। यसअघि चौथो त्रैमासमा ६.२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको थियो।

चिनियाँ अर्थतन्त्र सन् २०१९ मा ६ प्रतिशतले बढेको थियो। यो सन् १९९०पछिको सबैभन्दा कम आर्थिक वृद्धि हो। सन् २०२० को पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो। रेकर्ड राख्न सुरू भएदेखि चिनियाँ अर्थतन्त्रमा त्यस्तो भएको थियो।

चीनले सन् २०२० का लागि आर्थिक वृद्धिको लक्ष्य नै राखेको थिएन।

प्रतिकृया