• ४ असोज २०८३, आइतबार
  • १ः५० दिउँसो

कतारमा ३२ टिमले नै खेल्नेभए विश्वकप

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १२:०३

 

National Life

जेठ , एजेन्सी । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने भएको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतार विश्वकपमा ३२ टिमलाई मात्र समावेश गरिने भएपछि कतारलाई केही घाटा हुने बताइएको छ ।

कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको थियो तर, ३२ टिम नै राखिने भएपछि कतारको आम्दानी केही घट्ने पनि एएफपीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्के्टिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ । बुधबार प्रेस विज्ञप्ति निकाल्दै फिफाले कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने जनाएको हो ।

४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ ।
निकै छलफल र परामर्शपश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ । टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ ।

यसअघि गत चैतमा अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले कतार विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो । तर, पूर्वीमध्य एसियामा अरबी राष्ट्रबीचको तनावका कारण कतारमा ३२ राष्ट्रबीच मात्र प्रतिस्पर्धा हुने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अन्तर्रा्ष्ट्रिय मिडियालाई जानकारी दिएका छन् ।
गत वर्ष इन्फान्टिनोले कतार विश्वकपमा ४८ राष्ट्रबीच प्रतिस्पर्धा गराउने निर्णय लिएका थिए । उनले विश्वकपमा कतारसँगै एक सह–आयोजक राष्ट्र थप्ने निर्णय गरेका थिए । अब फिफाको पछिल्लो निर्णयसँगै २२ औं संस्करणको विश्वकप कतारमा मात्र र ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भइसकेको छ । इन्फान्टिनोले कतार विश्वकपबाटै फिफाको बहुउद्देश्यीय परियोजना लागू गर्ने प्रयास गरेका थिए । तर, कतारसँगै अन्य छिमेकी राष्ट्रले पनि आयोजनामा साझेदारी गर्नुपर्ने प्रस्ताव फिफाले राखेको थियो । कतारमा खेलमैदान र्पयाप्त नभएकाले पनि ३२ टिमलाई सहभागि गराइएको बताइएको छ ।

कतारले विश्वकपका लागि जस्तोसुकै लगानी गर्न तयार रहेको जनाउँदै भव्य रूपमा प्रतियोगिता आयोजना गर्न सकिने बताएको छ । कतार विश्वकप जाडो मौसममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौसममा हुँदै आएको थियो । फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, फिफाले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ ।

प्रतिकृया