विप्लवको हिंसात्मक गतिविधि नियन्त्रण गरिने : गृहमन्त्री थापा
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १२:०२
जेठ १३, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनुभयो।

संसदमा आज विशेष समय लिई बोल्दै मन्त्री थापाले काठमाडौँ उपत्यकामा हिजो बम विस्फोटमा परि मृत्यु हुने सवै विप्लव समूहका नै कार्यकर्ता भएको बताउनुभयो । उहाँले बम विस्फोटमा सलग्न रहेकालाई सरकारले कानुनी दायरामा ल्याउने प्रकृया अघि बढाएको जानकारी गराउनुभयो । उहाँले बम विस्फोटका क्रममा पक्राउ परेका कुनै सामान्य नागरिक नभई विप्लव समूहका कार्यकर्ता नै भएकाले विस्फोटमा संलग्न सवैलाई सरकारले नियन्त्रण लिइसकेको जानकारी गराउनुभयो ।

गृहमन्त्री थापाले चन्द समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया सरकारले अगाडि बढाएको बताउनुभयो ।
गृहमन्त्री थापाले चन्द समूहले समानान्तर सरकार गठन गरेको र जनसरकारको नाममा जनपरिषद् पनि गठन गरी आतंककारी गतिविधि गरिरहेको बताउनुभयो । गृहमन्त्री थापाले नेकपा चन्द समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।चन्द नेतृत्वको समुहले जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेको समेत उहाँले बताउनुभयो ।




प्रतिकृया