• ४ साउन २०८३, सोमबार
  • २:०१ बिहान

प्रहरीलाई कुनै पनि बदमासी कार्य गर्न छुट नहुने : महानिरीक्षक खनाल

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:३०

 

जेठ ९,काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्न सक्ने गरी काम गर्नुपर्न बताउनुभएको छ ।

Kamana Sewa

महानगरीय प्रहरी परिसर मातहतका जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले हरेक प्रहरी कर्मचारीले संगठनको सोच र नागरिकको अपेक्षा अनुसार काम गर्नुपर्ने चर्चा गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत नागरीकसँग समन्वय गरेर कामगर्नुपर्ने बताउनुभयो ।

Classic Tech Desktop

राजधानी आउन सक्ने विषम परिस्थितलाई कुनैपनि त्रुटी हुन नदिई उचित तवरले समाधान गर्नुपर्ने भएकोले कानुन कार्यान्वयनमा कठोरता र विवेकपूर्ण निर्ममता अपनाई उच्च मनोबलका साथ काम गर्न उहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले संगठनको हालको रणनीति कस्तो छ र प्रहरीले कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्न तथा राजधानीको सुरक्षा व्यवस्थालाई नमुना रुपमा विकास गरी थप प्रतिफल प्राप्त गर्न निर्देशन सम्बोधन गरिएको बताउदै विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा तथा नागरिकसंग प्रत्यक्ष सहकार्यमा गर्ने प्रहरी स्मार्ट हुनुपर्ने भएकोले बोली, वचन, व्यवहार लगायत क्रियाकलाप स्मार्ट, चुस्त, दुरुस्त र नमुनायोग्य हुनेपर्नेमा समेत प्रहरी महानिरीक्षक खनालले जोड दिनुभयो ।

प्रहरीको हरेक गतिविधिले समाजमा सन्देश दिने र एउटा प्रहरीले गरेको नराम्रो कामले सिंगो संगठनमा आँच आउने हुँदा बदमासी कार्य गर्न प्रहरीलाई कुनै छुट नहुने उहाँको भनाइ छ ।

सो अवसरमा महानगरीय प्रहरी कार्यालयरानिपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई तिव्रता दिइएको, विगत ६ महिनाको अवधिमा मादक पदार्थ नष्ट र लागूऔषध बरामदमा उल्लेख्य सफलता प्राप्त भएको, बेरुजु फर्छौटमा नेपाल प्रहरी उत्कृष्ट हुन सफल भएको, राजधानीमा पेशेवर अपराधीबाट हुने आपराधिक गतिविधि नियन्त्रणमा आएको लगायतका विषयमा जानकारी गराउनुभयो ।

प्रतिकृया