• २१ असोज २०८३, बुधबार
  • २ः३६ दिउँसो

अवैध लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:२८

 

National Life

जेठ ९ ,काठमाडौं ।
काठमाडौं महानगरपालिका-१६ डेरा गरी बस्ने ५० वर्षीया साबित्री श्रेष्ठलाई नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । डाईजेपाम ६ सय ७० एम्पुल, बुप्रेनोर्फिन नुफिन ५ सय ६१ इम्पुल र फेनारगन ५ सय ६० एम्पुल तथा नगद १ लाख ४१ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई डेरा कोठाबाट उक्त लागूऔषध सहित पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज श्रेष्ठले बिगत लामो समयदेखि नियन्त्रीत लागूऔषध भारतीय सीमा नाकाबाट मगाउने गरेको, आफ्नै घरबाट बिक्री बितरण गर्ने गरेको र उनकै २ छोरा समेत लागू औषध सेवनकर्ता रहेको खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डाबाट अवैध लागूऔषध चरेश १५ किलो सहित ३ जनालाई मंगलबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-९ घर भएका १९ वर्षीय विश्वास थापा, सोहि ठाउँ घर भएका हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गे अड्डा बस्ने ३५ वर्षीया सुनिता तिमिल्सिना र सोही नगरपालिका राम्चे घर भएका हाल जोरपाटी बस्ने १९ वर्षीय दिपेश कार्की रहेका छन ।

केही व्यक्तिले लागूऔषध कारोवार तथा ओसार पसार गर्दै छन् भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद अवस्थामा फेला परेका निजहरुले बोकेको झोलामा उक्त चरेश फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया