• २१ असोज २०८३, बुधबार
  • २ः२९ दिउँसो

समृद्धि र विकासमा सवैले हातेमालो गर्नु पर्ने : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:२४

 

National Life

६ जेठ ,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं। ७ स्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइको लागतमा ज्योती माध्यमिक विद्यालयको चारकोठे पक्की भवनको शिलान्यास गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले भक्तपुरमा समृद्धिको ज्योती बलेको बताउँदै विकासमा ऐतिहासिक क्रान्ति भएको बताउनुभएको छ ।

उहाँले प्रभावकारी, गुणस्तरीय र सक्षम जनशक्तिको उत्पादन गर्दै शिक्षाको ज्योती विकास र विस्तार गर्न विद्यालयको भूमिका महत्वपूर्ण हुने बताउदै नाम अनुसारको काम गर्नुपर्ने र ज्योती माध्यमिक विद्यालयले देशभरको शिक्षा क्षेत्रमा मार्ग्निर्देश गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद बस्नेतले सूर्य्विनायक नगरपालिकाले सामुदायीक तथा सरकारी विद्यालयलाई स्थानीय तहसँग जोड्पर्छ भन्ने नयाँ धारणा ल्याएको र सोही अनुसार निर्वा्चित जनप्रतिनिधिहरु नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु पर्ने व्यवस्था गरेको बताउँदै स्थानीय तहले अपनत्व ग्रहण गर्नु नै शिक्षामा सामुदायीक विद्यालय प्रति आकर्षण बढेको बताउनुभयो । उहाँले अघिल्लो महिनामात्र सूनपामा तीन वटा विद्यालयको उद्घाटन गरिएको र अन्य चार पाँच वटा विद्यालयहरु तिव्र गतिका साथ निर्माण भइरहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भुकम्पका कारण क्षत विछ्यद भएका विद्यालयका भवनहरुको पुनःनिर्माण गर्ने कार्यमा भक्तपुरले ठूलो फड्को मारेको बताउनुभयो । शिक्षा, स्थास्थ्य, यातायात लगायतको क्षेत्रमा भक्तपुरले ऐतिहासिक सफलता हासिल गरेको उहाँले बताउनुभयो ।
भक्तपुरमा चारै दिशाबाट सडक सञ्जालले जोड्ने उद्देश्यका साथ तिव्र गतिमा सडक विस्तार तथा निर्माणका कार्यहरु भइरहेको बताउँदै उहाँले वडा कार्यालयबाट आउने सडक उपत्यका विकास प्राधिकरणबाट पटक पटक बजेट विनियोजन गरी आठ मिटरको चौडाई बनाउने काम सम्पन्न भएको बताउनुभयो ।
उहाँले कटुञ्जे र किवाचोक जोड्ने सडक तथा पुलको निर्माण सँगै विकास र सहकार्यमा मजबुद बनाएको बताउँदै हात्ती गौडाबाट किवाचोक आउने ठाउँमा पुल निर्माण भएसँगै हात्ती गौडालाई गुराँस पार्क बनाउँदै मर्निक वाकको रुपमा विकास गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।

सांसद बस्नेतले बिरोधको नाममा राजनीति गर्नेहरुको आयु धेरै दिन नटिक्ने भन्दै भक्तपुरमा अन्तर्रा्ष्ट्रिय रंगशाला, सभागृह, करिडोर, सुरुङ मार्ग, सडक बिस्तार, उज्यालो भक्तपुर, दुर्घटनामुक्त भक्तपुर, अपराधमुक्त भक्तपुर, चोरीमुक्त भक्तपुर, दुर्घटनामुक्त भक्तपुर, बलात्कार मुक्त भक्तपुर, शिक्षित भक्तपुर, स्मार्ट सिटी बन्ने कुरामा कुनै बिरोधले रोक्ने नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भक्तपुरको विकास तिब्र गतिमा भएको छ,सडकका लागि ५० करोड रुपैयाको बजेट ल्याएर सडक निर्माणको काम भइरहेको छ, गाउँ गाउँमा पक्कि सडक पुग्दैछ, भक्तपुरमा यसवर्ष मात्रै २५ किलोमिटर सडक बन्दैछ।’

हनुमन्ते करिडोर ६ किलोमिटर निर्माण सुरु भएको र आगामी वर्षसम्म करिडोर निर्माण सबै सम्पन्न हुने बताउँदै पेप्सीकोला सल्लाघारी सडक, अरनिको राजमार्गको भक्तपुर प्रवेशको जडिबुटी र मध्यपुरथिमिको हनुमन्ते पुलसम्म गेट सहितको पुल बन्ने बताउनुभयो ।
कार्यक्रममा सूर्य्विनायक नगरपालिकाका उपप्रमुख जुनादेवी बस्नेत, वडाध्यक्ष रवीन्द्र सापकोटा, प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

पुनःनिर्माण प्राधिकरणको सहयोगमा निर्माण शुरु गरिएको उक्त भवन आगामी ६ महिनमा सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई भक्तपुरबाट स्वीकृत रु ६९ लाख ६९ हजारको लागतमा उक्त भवन निर्माण कार्य शुरु गरिएको हो।

प्रतिकृया