• १४ असोज २०८३, बुधबार
  • ७ः०२ बेलुका

केपी ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक कृषिमन्त्री अर्याल

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०५:४५

स्याङ्जा- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपकाले वैधानिकता पाउने दाबी गर्नुभएको छ । बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी र भीरकोट नगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

National Life

पार्टी दुई समूहमा विभाजन भएर छुट्टाछुट्टै भेला, प्रशिक्षण तथा बैठकहरु आयोजना गर्दै आएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले आधिकारिता पाउछ की पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आधिकारिता पाउछ भन्ने चर्चा चलिरहेको सन्दर्भमा मन्त्री अर्यालले पार्टी अध्यक्ष र महासचिवले नेतृत्व गरेको पार्टीले नै आधिरिकता पाउने दाबी गर्नुभयो ।

‘संस्थापन कुन पार्टी हुन्छ । सूर्य चिन्ह कुन पार्टीले पाउछ त्यतै लाग्ने हो भन्ने चर्चा पनि सुन्ने गरिएको छ । मुख्य पार्टीको मान्यता कसले पाउने वा सूर्य चिन्ह कसले पाउछ भन्ने कुरा छलफल गर्नुपर्छ जस्तो नै लाग्दैन’, नेकपा केन्द्रीय सदस्य तथा नेकपा स्याङ्जाको इञ्चार्ज समेत रहनुभएको मन्त्री अर्यालले भन्नुभयो, ‘गाउँघरको सोझो हिसाबले हेर्नुस् त ।

Classic Tech Mobile
Classic Tech Desktop

यो कम्युनिष्ट पार्टीको एक नम्बरको पार्टी अध्यक्ष केपी ओली हो । यो पार्टीको महासचिव विष्णु पौडेल हो । त्यसकारण जुन पार्टीमा अध्यक्ष र महासचिव छ त्यही पार्टीले मान्यता पाउछ ।’

पार्टीका २÷४ जना नेताहरु चोइटिएर छुट्टै पार्टी बनाउन खोजेको भन्दै उहाँले प्रचण्ड–नेपालले पार्टीलाई विभाजीत गर्ने जमर्को गरेको बताउनुभयो । तर अहिलेसम्म कानुनी मान्यता नपाएको भन्दै त्यस कार्यको निर्णय निर्वाचन आयोगलाई नै छाड्नुपर्ने बताउनुभयो ।

केपी ओली महाधिवेशनबाट चुनिएर आएको अध्यक्ष भएको भन्दै उहाँले अहिले पनि ओली नै १ नम्बरको अध्यक्ष भएको बताउनुभयो । पार्टी एकता गर्दा दुईवटा आन्दोलनलाई जोड्नका निम्ती प्रचण्डलाई २ नम्बर पार्टीको अध्यक्ष बनाएर अगाडी बढेको स्मरण गर्दै उहाँले प्रचण्डले पार्टी प्यालेशमा भेला गरेर माधवकुमार नेपाललाई अर्को अध्यक्ष चुनेको बताउनुभयो ।

‘२ नम्बरको अध्यक्षले पार्टी प्यालेशमा बसेर भेला गरेर माधव नेपाललाई अध्यक्ष बनाएर यो दर्ता गरिदेउ भनेर निर्वाचन आयोगमा जानुभयो’, नेता अर्यालले भन्नुभयो, ‘हामी फुटेको होइन । हामी जहाँ हो त्यही छौ केपी ओलीको नेतृत्वमै छौ । यो कुरा कार्यकर्ता, सबैले बुझ्नुभएको छ ।’

जनताको समाजवादमा पुग्ने चाहनालाई पुरा गर्नका निम्ती दुई पार्टीलाई एकता गरेर अगाडी बढेको भएपनि नेतृत्व फरक रुपमा प्रस्तुत हुदा अहिलेको अवस्था आएको बताउनुभयो । तरपनि खोल्सिएको घाउलाई मल्हमपत्ति गर्दै झनै रफ्तारका साथ पार्टी निर्माण अभियानमा अगाडी बढ्दै मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने बताउनुभयो ।

जनताका बीचमा खाएको कसम पुरा गर्न, जनताका सपनाहरुको मलामी जाँन नदिने भन्दै मन्त्री अर्यालले अहिलेको असाधारण परिस्थितीसँग दृढतापूर्वक जुध्दै नेकपालाई अझ शसक्त बनाउदै फेरि आउने निर्वाचनमा कम्युनिष्ट पार्टीकै बहुमतको सरकार बनाएर जनताको सपनालाई साकार पार्ने बताउनुभयो ।

निर्वाचन जितेर सबैभन्दा ठूलो पार्टी बनेकै दिनदेखी यो सरकार, आन्दोलन र केपी ओलीको नेतृत्वलाई कमजोर पार्ने तत्वहरु सक्रिय रहेकाले अहिलेको स्थिती सिर्जना भएको भन्दै उहाँले तर त्यसलाई परास्त गरेर छाड्ने बताउनुभयो । ‘हामीले जित्यौ भनेर रमायौं खुसी मनायौं । तर हामीले जून दिन जित्यौं त्यही दिनदेखी निद्रा हराम गरेर यो आन्दोलन र सरकारलाई कमजोर बनाउन न्वारानदेखिको बल प्रयोग गरेर लागेका थिए ।

जुन कुरा आज साबित पनि भएको छ’, उहाँले भन्नुभयो, ‘पूर्वीयाहरु, पश्चिमाहरु कसरी लागे, देशभित्र र बाहिर कसरी लागे त्यो कुराको आकलन राम्रोसँग गर्न सकिएन । हिजोदेखीनै यो सरकारलाई चल्न नदिन, जनताको पक्षमा काम गर्न नदिने, समृद्धिको यात्रालाई ठिक ढंगले अगाडी बढ्न नदिने र केपी ओलीको नेतृत्वलाई खासाल्ने यो हिजैदेखीको योजना थियो ।’

सरकारमाथी आक्रमण गर्ने र नसकेमा पार्टीमाथी आक्रमण गरी पार्टी विभाजनसम्म गराउने वा नेताहरुबीच मेलमिलाप हुन नदिने योजना सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारमाथी आक्रमण गर्ने । पार्टीभित्र आक्रमण गर्ने ।

सक्दा पार्टी फूटाउने नसक्दाखेरी नेता मिल्न नदिने खेल जुन दिनदेखी यो पार्टीले एकल रुपमा सरकार निर्माण गरेको थियो । त्यही दिनदेखी भएको थियो ।’

त्यस अवसरमा भीरकोटमा १५ जना युवाहरु तरुण दल परित्याग गरी नेकपामा प्रवेश गरेका थिए भने, अर्जुनचौपारीमा नेपाली काँग्रेस परित्याग गरी ६ जना नेकपामा प्रवेश गरेका थिए ।

प्रतिकृया