केपी ओली प्रतिगमनकारी र तानाशा- नेतृ शाक्य
प्रकाशित मिति
२०७७ पुष २९ गते, बुधबार ०५:२१
काठमाडौ -नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाही शासकको संज्ञा दिएकी छन् । उनले ओली कमरेड नभएर प्रतिगमनकारी र तानाशाह भएको आरोप लगाइन । ‘ओलीले असंवैधानिक कदम चालेर तानाशाही बाटो रोजे,’ उनले भनिन् ।
प्रचण्ड(नेपाल नेतृत्वको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले भनिन्, ‘ओली कमरेड नभएर प्रतिगमनकारी हुन ।’ उनले ओली अब कम्युनिस्ट नरहेको समेत दाबी गरिन् । ‘
केपी ओली कमरेड होइन, अब उहाँ प्रतिगमनकारी हो, तानाशाही हो, स्वेच्छाचारी हो,’ उनले भनिन्,‘उहाँले गणतन्त्रमाथि धावा बोल्नुभएको छ ।
हामीले दुःख गरेर ल्याएको संविधानमाथि उहाँले धावा बोल्नुभयो । त्यस्तो व्यक्तिलाई हामीले किन कमरेड भन्नेरु’ नेतृ शाक्यले प्रगिगमनविरुद्ध काठमाडौं तातिसकेको भन्दै ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने बेला भइसकेको बताइन् ।
उनले अब आन्दोलन तात्ने पनि दाबी गरिन् । उनले ओलीलाई पराजित गर्न काठमाडौंको आन्दोलन निर्णायक हुने समेत बताइन् ।







प्रतिकृया