• १४ असोज २०८३, बुधबार
  • ४ः१६ बेलुका

प्रधानमन्त्री ओली नै पार्टीलाई लात हानेर भागे- प्रचण्ड

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०५:१३

काठमाडौं -नेकपा प्रचण्ड -माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् ।प्रचण्डले प्रधानमन्त्री ओली नै पार्टीलाई लात हानेर भागेको दाबी गरे राजधानीमा बुधबार आयोजित प्रचण्ड माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘७० वर्षभन्दा बढी समयबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौ। हाम्रै अगाडी यत्रो प्रहार भएको छ ।’

National Life

प्रचण्डले आफूहरुले नै निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षले परिवर्तनका मुद्दालाई धूमिल पारेको बताए । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्छु’ प्रचण्डले भने, ‘हामीले संघर्ष गरेर ल्याएको संविधान धरापमा छ । गणतन्त्रमाथि आक्रमण भएपछि रक्षा गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं ।’

प्रचण्डले प्रधानमन्त्री ओली नै पार्टीलाई लात हानेर भागेको दाबी गरे । ‘७२ प्रतिशतलाई भगौडा र ३० प्रतिशतलाई के भन्ने यस्तो कहीँ हुन्छरु उहाँ चै बैठकबाट जहिले भाग्ने, उहाँ चै भगौडा नहुनेरु’ उनले प्रश्न गर्दै भने, ‘पार्टीलाई लात हानेर भाग्ने चै भगौडा नहुनेरु मान्छेमा अलिकति लाज हुनुपर्ने भन्दै केपी ओलीलाई निर्घिणी भएको जस्तो लाग्यो ।’

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीको विधान संशोधन गर्न दुई तिहाइ चाहिने भन्दै उनले केही साथीहरु बिकेका पनि आरोप लगाए । केपी ओलीले लगेका मानिस १०० जना पनि नपुगेको भन्दै त्यसलाई उनले नौटंकीको संज्ञा दिए ।

दलसम्बन्धी र पार्टीसम्बन्धी विधान हेर्न पनि उनले केपी ओली पक्षलाई आग्रह गरे । ‘हामीलाई के विश्वास छ भने दलसम्बन्धी ऐन नै आधिकारिक हुन्छ । म विश्वस्त दिलाउन चाहन्छु, निर्वाचन आयोगले ऐन र विधानभन्दा बाहिर जाने छैन । सूर्य चिह्न हाम्रै हुन्छ,’ उनले भने ।

प्रतिकृया