• १४ असोज २०८३, बुधबार
  • २ः२८ दिउँसो

वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदेवरको बिदाइ

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०३:०६

काठमाडौं -नेपाल प्रहरीबाट सेवानिबृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदेवार लाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ ।

National Life

राजकुमार लाई प्रहरी नायव महानिरीक्षक रबिन्द्र धानुक ज्युले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र धानुक प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी सेवा नागरिकहरुका लागि हो तर यसमा दुवै पक्षवीचको परस्पर सहकार्य, सदभाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै वरिष्ठ प्रहरी उपरीक्षकले भन्नुभयो, ‘दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ ।

प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।’ लामो र वृहत इतिहास र भविष्य भएको प्रहरी संगठनलाई समाजमा स्थापित गर्न आन्तरिक एकता र नागरिकको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई जोगाउन भावि नेतृत्व अझै प्रयासरत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षक रबिन्द्र धानुकले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी उपरीक्षकलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी उपरीक्षकको व्यावसायिक इमानदारिता, नेतृत्व क्षमता र सादा जीवनबारे चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक रबिन्द्र धानुकले सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने समेत बताउनुभयो ।

प्रतिकृया