नागरिकलाई सुरक्षित साथ बाँच्न वातावरण निर्माण गर्ने : एसएसपी सुवेदी
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १०:५८
काठमाडौं । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परीसर प्रमुखहरुले प्रहरीको साख गिर्न नदिने बताएका छन् । आइतबार परिसरमा पहिलो पटक संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले नागरिकलाई सुरक्षित वातावरणमा बाँच्ने वातावरण निर्माण गर्न प्रहरी सक्रिय रहने बताउँदै विगतका कुराहरुलाई ध्यानमा राखेर अपराध विरुद्ध मिलेर काम गर्ने सन्देश दिन पहिलो पटक पत्रकार सम्मेलन गरिएको जानकारी दिनुभयो ।

सुवेदीले रात्रिकालीन व्यवसायलाई मर्या्दित बनाउन पहल गरिरहेको बताउँदै प्रहरी व्यावसायिकतामा आँच आउने कुनै काम नगर्ने र महाततका निकायलाई गर्न नदिने बताउनुभयो ।
त्यसैगरी महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापालेएउटै लक्ष्य, एउटै कार्य्विधि र योजनाहरु साझा रहेकाले दुबै संस्था मिलेर काम गर्न लागिएको जानकारी दिनुभयो ।
महाशाखा प्रमुख थापाले अपराधमा गुन्डाहरु मिलेर काम गर्न सक्ने त्यस नियन्त्रण गर्न हामी मिलेर काम गर्न किन नसक्ने भन्दै प्रश्न समेत गर्नुभयो ।
उनीहरुले संयुक्त रुपमा नै गुन्डागर्दी नियन्त्रण, आर्थिक अपराध, साइबर क्राइम मुख्य चुनौति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।




प्रतिकृया