• ९ असोज २०८३, शुक्रबार
  • १२ः४० राती

१ सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ११:४४

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको भने स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन १ सय रुपैयाँले घटेको हो ।

National Life

बिहीबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार ३३० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया