• १० असोज २०८३, शनिबार
  • ११ः०२ राती

निर्माणाधीन मुख्य ३ राजमार्ग तोकिएको समयमै सम्पन्न हुनेमा आशंका

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०८:२३

काठमाडौं, पुस २२ । निर्माणाधीन मुख्य ३ राजमार्ग तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका देखिएको छ । निर्माणाधीन मध्यपहाडी (पुष्पलाल), हुलाकी र मदन भण्डारी राजमार्ग सम्पन्न गर्न नियमित रूपमा काम गर्न नसकिएको र निर्वाचनको कार्यक्रम अघि ल्याइएकाले तोकिएको समयसीमा भेट्न समस्या हुने आयोजना प्रमुखहरूले बताएका छन् ।

National Life

गत आर्थिक वर्ष (आव) २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा पुष्पलाल र हुलाकी राजमार्ग ४ वर्ष अर्थात् २०७९/८० मा निर्माण गरिसक्ने घोषणा गरिएको थियो । साथै, पूर्वपश्चिम (महेन्द्र) राजमार्ग पनि विस्तार गरिसक्ने सरकारले घोषणा गरेको थियो । मदन भण्डारी रागमार्ग निर्माण ५ वर्ष अर्थात् २०८१/८२ सम्ममा सम्पन्न गर्ने घोषणा गरिएको थियो ।

निर्धारित लक्ष्य भेट्ने गरी काम गर्ने दाबी आयोजना प्रमुखहरूको छ । २०६५/६६ मा शुरू भएको र राष्ट्रिय गौरवको आयोजनासमेत रहेको हुलाकी राजमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । संशोधित कार्यतालिकाअनुसार २०७९/८० मा सम्पन्न गर्ने भनिए पनि कोरोना भाइरस र पछिल्लो समय विकसित राजनीति र निर्वाचनका कारण निर्माणमा समस्या हुने सम्भावना रहेको हुलाकी राजमार्ग आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘अझै वर्ष बाकी छ तर गतवर्ष पूर्णरूपमा काम गर्न सकिएन । विनियोजित बजेटको ६० झन्डै प्रतिशत बजेट खर्च गर्न नसक्दा सरकारलाई नै फिर्ता गर्नुपरेको थियो,’ बिसुरालले भने, ‘यस राजमार्गका कतिपय खण्डमा राष्ट्रिय निकुञ्ज तथा घना जङ्गल भएकाले त्यस्ता स्थानहरूमा वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) गर्नै समय लाग्ने देखिन्छ ।’

कतिपय खण्डमा बस्ती नभएकाले पनि तत्काल नै सडक पुर्‍याउन आवश्यकता पनि नदेखिएकाले यो राजमार्ग समयमै सम्पन्न हुनेमा शंका देखिन्छ ।आर्थिक अभियान दैनिकबाट

प्रतिकृया