प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका निवेदनमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदै, देशको राजनीतिक र संंवैधानिक भविष्य निर्धारण हुने
प्रकाशित मिति
२०७७ पुष २२ गते, बुधबार ०७:५२
काठमाडौंः प्रतिनिधिसभा विघटनसम्वन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएका निवेदनमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ ।
प्रधानन्यायाधिशसहित पाँच न्यायाधीशको संवैधानिक ईजलासमा सुनुवाइ हुन लागेको हो ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा र अन्य विपक्षीले समेत लिखित जवाफ पेस गरेकाले आजबाट अन्तिम फैसलाका लागि बहस हुनेछ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेसँगै उक्त निर्णय असंवैधानिक भएको जिकिरसहित सर्वोच्चमा १३ थान रिट दर्ता भएका थिए ।
सर्वोच्चले सुनाउने निर्णयका आधारमा देशको राजनीतिक र संंवैधानिक भविष्य निर्धारण हुने भएकाले सबैको ध्यान सर्वोच्चतिर केन्द्रित छ ।







प्रतिकृया