कांग्रेसले तय गरेका आन्दोलनमा सहयात्री बन्न तरुण दलका अध्यक्ष बस्नेतको आग्रह
प्रकाशित मिति
२०७७ पुष २० गते, सोमबार ०९:२१
काठमाडौंः नेपाली कांग्रेसको तरुण संगठन नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन मातहतका जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसले संसद विघटनको विरोधमा वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको र त्यसलाई तरुण दलले पूर्ण रुपमा समर्थन जनाउन आग्रह गरेको हो ।
यही पुस २५ गतेदेखि माघ ८ गतेसम्म हुने ती आन्दोलनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन नेपाल तरुण दलले सबै तह र तप्कालाई निर्देशन दिएको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।
आगामी पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने, माघ ३ गते देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभा गर्ने तथा माघ ८ गते देशैभरका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने नेपाल तरुण दलले जनाएको छ ।







प्रतिकृया