• ११ असोज २०८३, आइतबार
  • १२ः०६ राती

नक्साका जमिन विधिवत् फिर्ता ल्याइन्छ

प्रकाशित मिति

२०७७ पुष १९ गते, आईतवार ०७:०२

काठमाडौँ, पुस १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नयाँ पुस्तालाई सुन्दर देश, सुन्दर लोकतन्त्र र विकसित, सभ्य मुलुक सुम्पनुबाहेक आफ्नो व्यक्तिगत स्वार्थ केही नरहेको
स्पष्ट पार्नुभयो ।

National Life

नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार राजधानीमा आयोजित काठमाडौँ जिल्लास्तरीय कार्यकर्ता भेलामा आँधी, तुफान र बाढीझैँ निर्वाचनमा अगाडि बढ्नसमेत उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रचण्ड–नेपालले खास प्रतिगमनको तयारी गर्नुभएको र त्यसलाई रोक्नु आफ्नो बाध्यता भएको स्पष्ट पार्नुहुँदै उहाँले भन्नुभयो, “करिब दुई तिहाइको सरकार ढालेर टालटुल पारेको पुतली सरकार बनाउने तयारी थियो । ‘हर्स टे«डिङ’को त्यो राजनीति फेरि फर्काउन सम्भव छैन ।”
उहाँले विघटित प्रतिनिधि सभा ब्यूँतिन्छ कि ? निर्वाचन हुँदैन कि ? भन्ने भ्रमको पछाडि नलाग्न र दृढतासाथ निर्वाचन तयारीसहित जनताको बीचमा जान कार्यकर्तालाई आह्वान गर्नुभयो । आन्दोलन, पार्टी र सही विचार जोगाउनु आजको आवश्यकता भएको जोड दिनुहुँदै उहाँले मुलुक र जनताको चिन्ता छाडेर पैसा, परिवार र पदका लागि मरिमेट्नेलाई निर्वाचनमार्फत जनताले ठेगान लगाउने बताउनुभयो ।

उहाँले पार्टी एकताको तीन वर्षसम्म पार्टी हल न चल भएको तर ‘दुईटा नटबोल्ट’ फेर्दा पार्टीको गति अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले फेरेको पनि होइन, आफैँ फुक्लिए नटबोल्ट । खिया लागेको दुईटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।”
निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “प्रचण्ड–नेपाल समूहले असली नेकपा हामी हाँैं भनेर निवेदन हालेका रहेछन् । असली र नक्कली भन्न, यो बरमझियाको बूढाको पेडा पसल हो र ?” उहाँले भन्नुभयो, “हामीले बनाएको पार्टी हो । हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुईटा फलले रुख नै मै हुँ भनेर दाबी गर्ने ?”
सम्मानित सर्वोच्च अदालत, निर्वाचन आयोग र संवैधानिक निकायबाट संविधान र कानुनसम्मत निर्णय आउने अपेक्षा राख्नुहुँदै उहाँले पार्टी र निर्वाचन चिह्न सूर्य आफूहरूलाई नै प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीका कुनै पनि नेतालाई अहिलेसम्म कारबाही नगरेको स्पष्ट पार्नुहुँदै उहाँले भन्नुभयो, “खै किन हो ? बाहिर बाहिर बैठक गर्दै, कारबाही गर्दै हिँड्नुभएको छ । अरू पनि केही साथी बैठकमा आउनुभएको छैन । आउनु होला, हामी सम्झाउन खोजिरहेका छौँ ।”
उहाँले प्रचण्ड–नेपाल समूहको सडक आन्दोलनलाई रत्नपार्कमा जडीबुटी औषधि बेच्नेको चटकका रूपमा चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँहरूको हालत त्योभन्दा बढ्ता हुनेवाला छैन । किनकि उहाँहरूको एजेन्डा जनता होइन, संविधानको रक्षा होइन ।”
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले बहुमत हामीसँग छ भन्नु गफाडीको गफ मात्र भएको बताउनुहुँदै प्रश्न गर्नुभयो, “कहाँको
बहुमत ? कुन महाधिवेशनको बहुमत ? कुन कार्यकर्ताको बहुमत ? कहाँबाट आयो बहुमत ? तपाईंहरूले भोट हाल्नुभएको छ ?”
नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नै पार्टी नेतृत्व र सरकारलाई घेराबन्दी गरेर जालसाजी गरिएको चर्चा गर्नुहुँदै निर्वाचनको बाटोभन्दा फरक बाटोबाट मुलुकको राजनीति अगाडि नबढ्ने बताउनुभयो ।

यस्तै नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री ओलीविरुद्ध पार्टी नेतृत्वबाटै गलत घेराबन्दी भएका कारण नै प्रतिनिधि सभा विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो । गोरखापत्रबाट

प्रतिकृया