• ५ असोज २०८३, सोमबार
  • ३ः१६ दिउँसो

सशस्त्र प्रहरीमा ६ जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०५:५६

काठमाडौं, सशस्त्र प्रहरीमा सात जना डीआईजी बढुवा भएका छन् । बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

National Life

सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले  सूचना जारी गर्दै सात दिनभित्र सशस्त्र प्रहरी उपरिक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन आग्रह गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी सदस्य सचिव रहनेछन् ।

बढुवाका लागी कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले दिने अंक बापत ५ अंक दिन पाउने व्यवस्था छ ।

प्रतिकृया