• ८ असोज २०८३, बिहीबार
  • ३ः४१ दिउँसो

शुरु भयो ‘कारबाही’को शृंखला, नेकपा बागमती प्रदेशमा राजनीतिक तमासा

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०९:०६

डडेल्धुरा, पुस १६ । अन्य प्रदेशको तुलनामा पहिले ऐतिहासिक प्रदेशसभा शुरु गरेर देशमा प्रादेशिक संसद्को संघीय व्यवस्था वीजारोपण गर्ने श्रेय पाएको सत्तारूढ नेकपाको बागमती प्रदेश संसदीय दलमा पछिल्लो समय राजनीतिक तमासा देखिएको छ । एक समूहले अर्को समूहमा आबद्ध नेता÷सांसदलाई कारबाही गर्ने र त्यसको जवाफ फर्काउने क्रम शुरु भएको हो ।

National Life

सोही जवाफस्वरुप नेकपा प्रदेश दलको नेतामा हालका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको अर्को पक्षको दाबी छ । नेकपा बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले ‘पार्टी हितविपरीत काम गरेको’ भन्दै दुई नेतालाई कारबाही गरेपछि आक्रोशित अर्को समूहले जवाफ फर्काएको हो ।

मुख्यमन्त्री पौडेलद्वारा दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरिएको थियो ।
पार्टी मुख्यालयमा बसेको दाहाल–नेपाल समूहको बैठकले संसदीय दलको नेतामा बागमती प्रदेश इन्चार्ज शाक्यलाई चयन गरेको थियो । दलको बैठकले शाक्यलाई सर्वसम्मतरुपमा दलको नेता चयन गरेको हो । यो विषय प्रदेशसभा तथा मुख्यमन्त्री पौडेललाई जानकारी गराइने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले मुख्यमन्त्री पौडेललाई नेकपा संसदीय दलको नेताबाट हटाइएको विषयमा प्रदेशसभा सचिवालय र मुख्यमन्त्री पौडेललाई जानकारी गराउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता जम्कट्टेल र सचेतक माझीलाई कारबाही गर्दै पदमुक्त गरेपछि दाहाल–नेपाल समूह आक्रामक बनेको हो ।

मुख्यमन्त्री पौडेलले आफूविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभाका ३० सदस्यलाई २४ घण्टाभित्र जवाफ दिने गरी मंगलबार स्पष्टीकरण सोधेका थिए। शाक्यले बैठकले मुख्यमन्त्री पौडेलले संसदीय दलको नेताको हैसियतले सोधेको स्पष्टीकरणको जवाफ नदिन सांसदहरुलाई आग्रह गरिएको बताए । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिकृया